उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात चलाउन पाउने

उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात चलाउन पाउने



काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय आयोगको शुक्रबार बसेको बैठकले गरेको हो । आयोगले उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ ।

विगतमा निर्वाचनका दिन सार्वजनिक यातायात चल्न रोक लगाइन्थ्यो ।