नेपाली काँग्रेस महोत्तरीद्वारा उम्मेदवार चयन

2 महिना अगाडी
गौशाला, १८ भदौ । प्रदेश नं.२ अन्तर्गत नेपाली काँग्रेस, महोत्तरीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।  नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायका अनुसार बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशिला देवी महतो, जलेश्वर नगरपालिकाको प्रमुखमा अशोककुमार साह र उपप्रमुखमा अनितादेवी शर्मालाई चयन गरिएको छ । 
त्यस्तै, मटिहानी नगरपालिकाको प्रमुखमा जयकुमार चौधरी र उपप्रमुखमा जुमैदा खातुन, मनरासिस्वा नगरपालिकाको प्रमुखमा किशोरकुमार सिंह ‘प्रितम’ र उपप्रमुखमा आशादेवी सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा राजाराम यादव र उपप्रमुखमा पुष्पादेवी महतोलाई चयन गरिएको छ ।  
त्यस्तै, पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामरतीदेवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशील झा र उपाध्यक्षमा श्यामादेवी पासवान, सोनमा गाउँपालिकाको अध्यक्षमा नवलकिशोर यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा शेष रकिव, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा जानकी देवी महतो र औरही नगरपालिकाको प्रमुखमा सुनिलकुमार यादवलाई चयन गरिएको सभापति यादवले बताउनुभयो । 
सोनमा र सम्सी गाउँपालिकाको उपाध्यक्ष र औरही नगरपालिकाको उपप्रमुखको चयन सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । 
त्यस्तै, बलवा, भंगहा र लोहारपट्टी नगरपालिकाको प्रमुख एवं उपप्रमुखमा विवाद देखिएकाले पार्टी केन्द्रीय कार्यालयले नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । 

Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

Teej In Baltimore

Baltimore Teej ...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter