भारतको प्रतिपक्षी नेता सोनीया गान्धीद्वारा अवकास घोषणा

1 महिना अगाडी

नयाँदिल्ली, २९ मङ्सिर/  भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकासको घोषणा गर्नुभएको छ । आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उहाँले शुक्रबार घोषणा गर्नुभएको हो । “अव मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ,” इटालीमा जन्मेकी ७१ बर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भन्नुभयो । भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उहाँले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिनुहुने भएको छ । बर्हिगमन हुदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ बर्षिय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । 

गत तीन बर्ष देखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दावी छ । पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने भएको छ । निर्वाचन भएको पाँच दिनपछि उहाँले जिम्मेवारी सम्हाल्न लाग्नु भएको हो । कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहनुभएको छ । 

सन् २०११ मा उहाँ उपचारका लागि अमेरिका जानु भएको थियो । तर उहाँको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन । बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरु परिवारकी उहाँ एक उत्तराधिकारी हुनुहुन्छ । नेहरु परिवारले सन् १९४७ देखि भारतमा लामो समय सम्म शासन गरेको छ ।
अध्यक्ष सोनीयाले गत २० बर्षदेखि काङ्ग्रेसको नेतृत्व गर्नुभएको छ । उहाँकै कार्यकालमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काङ्ग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । एजेन्सी 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter