मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

4 महिना अगाडी

काठमाडौँ, ११ भदौ । मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको  साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेख्नुभएको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राससलाई जानकारी दिनुभयो । यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । 

“विसं २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात् आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट नौ पुस्तकका रुपमा छनौट गरिएको थियो”, अर्यालले भन्नुभयो । पुरस्कार आश्विन शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ । विसं २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गर्नुभएको थियो । विसं २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो । विसं २०४५ मा जगदम्बाको निधन भएपछि उहाँको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो । दुवै पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ । 


Share this with your friends:


थप खबर...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

Teej In Baltimore

Baltimore Teej ...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

यसरी हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर ४ । एनआरएन अमेरिकाको आगामी दुई वर्षे कार्यकालका लागि भोली मंगलवार बिहानदेखि...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

आईसिसिको प्रतिवेदनमा यस्तो छ ।

वाल्टिमोर,अगष्ट २२/अन्र्तराष्ट्रिय समन्वय समिति आईसिसिले गठन गरेको अमेरिकाको विवाद सम्वन्धि समितिले वुझाएको...

तनहुँ कांग्रेसबाट १०७ जना सिफारिश

काठमाण्डौं, असोज १८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर तनहुँमा आगामी मंसिर २१ गते हुने...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter