यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)


ग्लोब नेपाल
999
Shares

काठमाडौं । सत्तारुढ दलहरुले आफ्ना मन्त्रीहरुको नाम फाइनल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सूची

प्रधानमन्त्री : पुष्पकमल दाहाल
उपप्रधानमन्त्री सहित अर्थ : बिष्णु प्रसाद पौडेल
उपप्रधानमन्त्री सहित भौतिक पुर्वाधार : नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री सहित गृह : रवि लामिछाने
उपप्रधानमन्त्री सहित उर्जा : राजेन्द्र लिङ्देन

मन्त्रीहरु :

एमालेबाट

पदम गिरी, स्वास्थ्य
डा. विमला राई पौडेल, परराष्ट्र
हरि उप्रेती, रक्षा
ज्वाला कुमारी साह, कृषि
भगवती चौधरी, महिला बालबालिका
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई, भूमि व्यवस्था तथा सहकारी

माओवादीबाट

रेखा शर्मा, सञ्चार
सुदन किराती, पर्यटन
अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा
डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास
ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान (टुंगाे लाग्न बाँकी)

राज्यमन्त्री

डा. तोसिमा कार्की, स्वाथ्य
दिपकबहादुर सिंह, ऊर्जा

सुशीला श्रीपाली, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन