किन बोलाए सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक ?

किन बोलाए सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेलाई आकास्मिक केन्द्रीय बैठक बोलाएका छन् । सभापति देउवाले निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका छन् ।

बुधबार मात्र पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सम्पन्न गरेको नेपाली कांग्रेसले बिहीबार बिहानै केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएपश्चात श्रद्धाञ्जली दिनेलगायतका अन्य निर्णय गर्न बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

ताप्लेजुङ स्थायी निवासी पूर्व केन्द्रीय सदस्य गुरुङको मंगलबार निधन भएको थियो । उनको छोराहरु नेपाल बाहिर रहेकाले बिहीबार ११ बजे अन्त्यष्टि कार्यक्रम राखिएको गुरुङको पारिवारिक श्रोतले बताएको छ ।