रोजगारीका लागि विदेश जानु पर्दैन :गभर्नर नेपाल

20 दिन अगाडी

पाल्पा, १८ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताउनुभएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा सिटिजन्स बैंक इन्टरनेशनल लि.को उद्घाटनमा गभर्नर डा. नेपालले मुलुकभित्र प्रशस्त आम्दानीको अवसर रहेकाले स्वदेशमा नै केही काम गरी स्वरोजगार बन्नुपर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि ऋण लगानी गरेर आर्थिकरुपमा सुधार ल्याउन सकिने बताउनुभयो । विदेश गएर अरूको नोकर भएर कामगर्ने प्रवृत्ति त्याग्न पनि उहाँले आग्रह गर्नुभयो । डा. नेपालले काम गर्नेका लागि देशमै ठूलो अवसर रहेको बताउनुभयो । सरकारले जनताका घरदैलोमा बैंकमार्फत पैसा लिएर आएको उहाँले बताउनुभयो । ‘बैंकबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्नुहोस्, देशमै राम्रो अवसर छ,’ उहाँले भन्नुभयो । बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न आतुर रहेकाले अहिले पैसा नभएर व्यापार व्यवसाय गर्न पाईएन भन्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । 


Share this with your friends:


देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

नेपाली विद्यार्थीलाई अमेरिकी विश्वविद्यालयमा क्रेडिट आवरको सुविधा

वासिङ्गटन डिसी, सेप्टेम्वर १२ /अमेरिकाको युनिभर्सिटी अफ सेन्ट्रल मिजौरी र नेपालको त्रिभुवन विश्वविद्यालय वीच...

हयारीको समर्थनमा विशेष कार्यक्रम

वाल्टिमोर ,सेप्टेम्वर ११ मेरिल्याण्ड राज्यको प्रतिनिधी सभाकोे आगामी निर्वाचनमा डेमोक्रयाट पार्टीको तर्फवाट...

यस्ताे बनाउँदैछ चीनले नेपालकै पहिलाे अण्डर पास सहितकाे कलंकी चाेक !(फाेटाे फिचर)

काठमाण्डाैं,भदाै २६ गते । यदि समयमा काम भयाे भने अबकाे एक बर्षपछि अर्थात सन २०१८काे डिसेम्वर सम्ममा कलंकी चाेक...

किन गएनन् राजदूत प्रधानमन्त्रीको स्वागतमा ?

न्यूयोर्क,सेप्टेम्वर २० । प्रधानमन्त्री शेरवहादुर देउवा न्यूयोर्कको स्थानीय समय अनुसार विहान ९ वजेर ३० मिनेट...

प्रधानमन्त्री देउवाको न्यूयोर्कमा भव्य स्वागत

न्यूयोर्क सेप्टेम्वर २०/संयुक्त राष्ट्रसंघको ७२ औ महासभालाई भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेतृत्व गर्दे...

पहिलो गाँसमै ढुंगा

बाल्टिमोर,अमेरिका,सेप्टेम्वर २१ । एनआरएन अमेरिकाका दोश्रो कार्यकालका अध्यक्ष डाक्टर केशब पौडेललाई शपथ ग्रहण...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com