श्रीलंकामा शृंखलाबद्ध विष्फोट, दुई सयभन्दा बढीको मृत्यु
विदेशी योजना अनुसारको आत्मघाती आक्रमण: सरकार

1 महिना अगाडी

एजेन्सी,अप्रिल २१ । श्रीलंकाको विभिन्न आठ स्थानमा भएको शृंखलाबद्ध विष्फोटमा परी कम्तीमा पनि दुई सय सात जनाको मृत्यु भएको छ । मारिने मध्ये २७ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार विष्फोटमा परी कम्तीमा पनि चार सय ५० जना घाइते भएको छ । विष्फोटमा संलग्न रहेको आशंकामा आठ जनालाई गिरफ्तार गरिएको छ । यद्यपि यो विष्फोटको जिम्मा कसैले लिएको छैन । श्रीलंका सरकारले भने यसलाई विदेशमा बनेको योजना अनुसारको आत्मघाती आक्रमण भनेको छ । 
 विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुले आज आइतवार 'इस्टर सन्डे' चाड मनाईरहेका बेला श्रीलंकाका विभिन्न चर्च र होटलमा यस्तो आक्रमण भएको हो । श्रीलंकाका सरकारी अधिकारीहरुका अनुसार,राजधानी कोलम्बोको कोच्चाईकाडे शहरसहित नेगोम्बो र बट्टिकलोआका तीन चर्चमा इस्टर सन्डेका लागि प्रार्थना गरिरहेको बेला यस्तो आक्रमण भएको थियो । एकै समय कोलम्बोका चार होटल र चिडियाखाना नजिक पनि आक्रमण भएको थियो ।
विस्फोट लगत्तै प्रधानमन्त्री रनील विक्रमासिंघेले सुरक्षा परिषदको आपत्कालिन बैठक बोलाएका छन्। अहिले मुलुकभर कर्फ्यु लगाइएको छ भने सामाजिक संजाल प्रयोगमा समेत रोक लगाइएको छ ।
यो विष्फोटमा बेलायत,अमेरिका,टर्की,डेनमार्क,नेदरल्याण्ड,भारत,पोर्चुगललगायतका मुलुकका विदेशी नागरिक मारिएको बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले भने कैयौं अमेरिकी मारिएको जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति चर्चमा भएको आक्रमणमा भएको छ । विभिन्न मुलुकका सरकार प्रमूख र राष्ट्र प्रमूखहरुले श्रीलंकामा भएको यो आक्रमणको निन्दा र भर्त्सना गर्दै श्रीलंका सरकारलाई संदेश पठाएका छन् ।


Share this with your friends:


थप खबर...

NRN MD New Team

NRN Maryland New Team ...

Teej In Baltimore

Baltimore Teej ...

Golden Globes 2018

Red Carpet Show Golden Globes 2018 ...

NJSS Picnic in Baltimore

NJSS Maryland Chapter Picnic ...

देउवाले अर्को रेकर्ड कायम गरे

काठमाण्डौं, भदौ १२ यस पटकको भारत भ्रमणमा प्रधानमन्त्री शेरवहादुर देउवाले के के गरे ? भन्ने विषयमा अहिले चासो र...

कांग्रेस केन्द्रीय समितिमा जनसम्पर्क समितिको प्रतिनिधित्व गराउँछु

न्यूयोर्क,अमेरिका,सेप्टेम्वर २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली...

Bimalendra Nidhi In USA

Bimalendra Nidhi In USA  ...

रक्तदान, जीवनदान

नेपाली जनसम्पर्क समिति,अमेरिकाको लंगआईल्याण्ड च्याप्टरले महामानव वीपी कोईरालाको १०४ औं जन्म जयन्ती वृहत...

Harry Bhandari Won an Election

Harry Won Election Photo Courtesy: Prabin Bhandari ...

Felicitation of Anand Bist In Baltimore

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टलाई बाल्टिमोरमा सम्मान  ...

Space for Advertisement
Contact info@globenepal.com
Space for Advertisement
Contact info@globenepal.com

Subscribe our Newsletter