महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन



लन्डन । विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका ब्राजिलियन खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । ८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उहाँको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।

पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गर्नुभएको छ ।