आन फुटेर जन्म्याे नान

आन फुटेर जन्म्याे नान


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाल विज्ञापन संघ ( आन )फुटेर राष्ट्रिय बिज्ञापन संघ नेपाल (नान) बनेको छ । आनको कार्यशैली माथी असन्तुष्ट पक्ष मिलेर नान बिधिवत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगि बिधिवत रूपमा राष्ट्रिय बिज्ञापन संघ नेपाल (नान) दर्ता गरिएको महासचिव आशिष खड्काले जानकारी दिए । उनले संघ दर्ता गर्न सहयोग गर्ने सबै सस्थापक एजेन्सी/सदस्यज्यूहरू, तदर्थ समितिका पदाधिकारी एवम् सदस्य र प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन् ।

यस्तो छ, तदर्थ समिति
१. अध्यक्ष श्री धर्मेन्द्रकाजी श्रेष्ठ
२. प्रथम उपाध्यक्ष श्री प्रदिप प्रसाद कोइराला
३. द्वितीय उपाध्यक्ष श्री अमृत कुमार पन्थी
४. महासचिव श्री आशिष खड्का
५. सचिब श्री बिमल खड्का
६. कोषाध्यक्ष श्री कमला पौडेल अर्याल
७. सहकोषाध्यक्ष श्री बसन्त योगी
८. सदस्य श्री रबि अर्याल
९. सदस्य श्री ईन्द्रमणि न्यौपाने
१०. सदस्य श्री राम बज्राचार्य
११. सदस्य श्री गुञ्जमणि भट्टराई