जनसम्पर्क समितिका सभापतिका माझ देउवा

जनसम्पर्क समितिका सभापतिका माझ देउवा



कोरोना उपचार र रोकथामका लागि सहयोग गर्नेहरुलाई धन्यवाद

न्यूयोर्क,अमेरिका, जुलाई ११। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुको योगदान र भूमिकाको पार्टीले सधैं सम्मान गर्ने बताएका छन्। विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापति र एनआरएनमा आवद्ध कांग्रेस निकट प्रतिनिधिहरुसंग आइतवार भएको भर्चुअल कार्यक्रममा सभापति देउबाले जनसम्पर्क समितिका साथीहरुले अवैतनिक राजदूतको रुपमा काम गरिरहेको भन्दै आभार समेत व्यक्त गरे । ‘तपाईंहरुले वर्तमान परिस्थितिमा ओली सरकारले भन्दा बढी योगदान र काम गर्नु भएको छ’ कोभिड रोकथाम र उपचारका लागि पार्टीको आव्हानमा भएको आर्थिक सहयोग संकलन अभियानका दाता र एनआरएन समुदायलाई धन्यवाद दिन आयोजित आइतवारको कार्यक्रममा सभापति देउवाले भने। सभापति देउवाको भनाई थियो-‘ओली सरकारलाई आफ्ना नागरिक मरुन् कि बाँचुन् कुनै मतलब छैन,यस्तो विषम परिस्थितिमा पार्टीको आव्हानमा तपाईंहरुले जसरी सहयोग गर्नुभयो त्यसका लागि म आभार र धन्व्याद व्यक्त गर्दछु।’