काठमाडौँ । राजस्व छलीको आशंकामा भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिइएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखबीच भएको भनिएको टेलिफोन संवादको अडियो सार्वजनिक भएको छ। अडियोमा भन्सार अधिकृतले गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर गृहमन्त्री र प्रहरी महानिरीक्षक (आइजिपी) सम्म पुग्ने तथा कारबाही गराउने चेतावनी दिएको सुनिन्छ। गड्डाचौकी भन्सार कार्यालयबाट जाँचपास भइसकेको…