गाजामा सर्वसाधारणमाथि आक्रमण गर्नु ‘युद्ध अपराध’ : राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार एजेन्सीका प्रमुख भोल्कर टर्कले गाजामा सर्वसाधारणमाथि आक्रमण गर्नु युद्ध अपराध भएको बताएका छन् । उनले नागरिकहरूमाथिको आक्रमणलाई युद्ध अपराध भन्दै गाजामा सहायता वितरण केन्द्र नजिकै भएका पछिल्ला हत्याहरूको स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । प्रमुख टर्कले अमेरिका–इजरायल समर्थित खाद्य वितरण केन्द्र नजिकै लगातार तीन दिनदेखि मानिसहरू मारिएका…