काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा व्यवस्थापन र नियामकीय निर्देशन कार्यान्वयनमा कमजोरी देखिएको भन्दै हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शमशेर जबरामाथि कारबाही गरेको छ । जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा बैंकिङ नियमन तथा एकीकृत निर्देशन उल्लंघन भएको पाइएपछि केन्द्रीय बैंकले बैंक नेतृत्वलाई सचेत गराउनुका साथै सुधारात्मक…