कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित पाँच जना पक्राउ

काठमाडौँ । बर्दियास्थित भूमि प्रशासन कार्यालय परिसरभित्र मादक पदार्थ सेवन गरेको आरोपमा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कार्यालयभित्रै मादक पदार्थ सेवन भइरहेको भन्ने सूचनापछि छापा मारेर…