काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अहिले ‘जनयुद्ध’को समय नरहेकाले भ्रममा नपर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएका छन् । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले मंगलबार काठमाडौंको सिफलमा आयोजना गरेको कार्यक्रममा उनले हिजोकै जस्तो मान्छेलाई तर्साएर आफ्नोमुनि राख्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुन लिङदेनले प्रचण्डलाई आग्रह गरे…