यसरी उद्धार गरिएको थियो, अस्पतालबाट चोरिएको शिशुको

रौतहट। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ। शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरको खोजी, अनुसन्धान र निगरानीपछि सोमबार बिहान खातुनलाई शिशुसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी खातुनले प्रारम्भिक…