धनगढी । सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत ५ दिनदेखि अनशनरत डा गोविन्द केसीबीच ७ बुँदे सहमति भएको छ । दुई दिनदेखि लगातार भइरहेको वार्तापछि हिजो सोमबार डा केसीसँग सम्झौता भएपछि उनी अनशन तोड्न सहमत भएका हुन् । ७ बुँदे सहमतिपत्रमा प्रतिनिधिसभा सदस्य पुकार बम, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार प्राडा जगदिशप्रसाद अग्रवालको रोहबरमा…