काठमाडौं । रसुवामा आएको बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली फिल्डमा खटिएका छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका साथै शव पहिचान र डीएनए परीक्षणमा भारत तथा सिङ्गापुरका फोरेन्सिक टोलीले सहयोग गरिरहेका…