मलेसियामा रहेका नेपाली श्रमिकलाई राहदानी आफूसँगै राख्न दूतावासको आग्रह

काठमाडौँ । मलेसियामा कार्यरत नेपाली नागरिकले अब आफ्नो राहदानी आफैँसँग राख्न पाउने भएका छन्। क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपालीलाई राहदानी सुरक्षित रूपमा आफ्नै साथमा राख्न आग्रह गरेको हो। मलेसियाको कानुनी व्यवस्था पालना गर्न तथा आवतजावतका क्रममा उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले दूतावासले यस्तो आग्रह गरेको जनाएको छ। दूतावासले…