काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकको ब्राउजरमार्फत प्रयोग गरिने सेवा आइतबार प्रभावित भएको छ। प्राविधिक समस्या देखिएपछि कतिपय प्रयोगकर्ताले आफ्नो खाता पहुँच गर्न नसकेको जानकारी प्राप्त भएको हो। फेसबुकले प्रयोगकर्तालाई देखाएको सूचनामा साइटमा आएको समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको उल्लेख गरिएको थियो। कम्पनीले समस्या समाधानको प्रक्रिया जारी रहेको जनाउँदै केही समयपछि पुनः…