अनमोल केसीको ‘बाटुलो जून’ कात्तिक २६ गते रिलिज हुने

काठमाडौं । अनमोल केसी र प्रिज्मा खतिवडा अभिनित चलचित्र ‘बाटुलो जून’ दसैैंमा नआउने भएको छ । दसैंमा ठूला ब्यानरका चारवटा चलचित्र एकसाथ भिड्ने भएकाले अर्को पनि थपिँदा हलको पर्दा बाँडफाँटमा समस्या हुने भन्दै निर्देशक भुवन केसीले चलचित्रको नयाँ मिति सार्वजनिक गरेका छन् । अब ‘बाटुलो जून’ आगामी कात्तिक २६ गते रिलिज हुने भएको छ ।…