एनआरएनएमा आर्थिक अनुशासन कडाइकासाथ लागुहुन्छ : महेश श्रेष्ठ

एनआरएनएमा आर्थिक अनुशासन कडाइकासाथ लागुहुन्छ : महेश श्रेष्ठ



लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटामध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए ।

उनी एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुन् । अहिले जापानमा बसोबास गर्दै आएका छन् ।

संघको हालको आम्दानीबारे उनी भन्छन्, ‘असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग पाँच करोड जति छ र सबै देशहरूबाट सदस्यता शुल्क पाँच डलरको हिसाबले आउने क्रममा छ ।’ उनले यो अधिवेशनसम्म ९–१० करोड जति आम्दानी गर्ने लक्ष्य रहेको बताए ।