ग्लोबल एनआरएन सिंगिङ आइडलमा १५ प्रतियोगी

ग्लोबल एनआरएन सिंगिङ आइडलमा १५ प्रतियोगी



दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ मा विभिन्न देशबाट भाग लिएकामध्ये १५ उत्कृष्ट प्रतियोगी छानिएका छन् । गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट १५ प्रतियोगी छानिएका हुन् ।

निर्णायकहरू उदय सोताङ र विजय लामा तथा प्राश्ना शाक्य र सुनिता दुलालको ६० प्रतिशत अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्रतियोगी छानिएको आयोजकले जनाएको छ ।

१५ जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुबेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), सुरेन घताङ ‘शिव’ (कोरिया) रहेका छन् ।

त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), रामचन्द्र राई (कतार), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट १५ मा परेका छन् ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार निर्णायकको मत र भोटिङमार्फत् प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको हो । संयोजक रेग्मीका अध्यक्षतामा सम्पन्न गाला राउन्डको तेस्रो चरणमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ स्लोगन रहेको ग्लोबल एनआरएन सिंगिङ आइडलको विजेताले ७ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।