‘फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति’

‘फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति’



काठमाडौं । काठमाडौँ महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको छ। हिजो बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।

साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकूदका सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ । यो सँगै आजदेखि उपत्यकामा थुप्रिएका फोहर सिसडोल लान थालिने छ ।

काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै संक्रमण रोग फैलिने सम्भावना समेत थियो । फोहर व्यवस्थापन गर्न नसकेको भन्दै काठमाडौं महानगरको चर्को आलोचना भइरहेको छ ।