एनआरएनए १० औं महाधिवेशनमा दक्षिण कोरियाबाट चार जनाको उम्मेदवारी

एनआरएनए १० औं महाधिवेशनमा दक्षिण कोरियाबाट चार जनाको उम्मेदवारी



लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) को आगामी अक्टोबरमा हुने १० औँ महाधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाबाट विभिन्न पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन्।

राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै केन्द्रीय सचिव पदका लागि डा. देवीबहादुर बस्नेत, केन्द्रीय महिला संयोजक पदका उम्मेदवार श्रीमती जुनु गुरुङ, एसिया प्यासेफिक क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर र एसिया प्यासेफिक क्षेत्रीय उप(संयोजक पदका उम्मेदवारका लागि यज्ञराज सुबेदीले उम्मेद्वारी दिएका हुन्।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा शनिबार भर्चुअल औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममार्फत् उनीहरुले उम्मेद्वारी घोषणा गरेका हुन्।