अफगानिस्तानबाट थप ३४ नेपालीको आज उद्धार गरिने

अफगानिस्तानबाट थप ३४ नेपालीको आज उद्धार गरिने



काठमाडौं । अफगानिस्तानबाट थप ३४ नेपालीको आज उद्धार गरेर स्वदेश ल्याइने भएको छ । अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार नेपाली टोलीले आज बिहान १० बजे काबुल छाड्नेछन् । आफगानिस्तानबाट उड्ने चार्टर्ड विमानमा संयुक्त राष्ट्रसंघ यूएन र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने उनको भनाइ छ । उनीहरुलाई काबुलमा यूएनको सहयोगमा सुरक्षित रूपमा राखिएको छ ।

सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेको थियो । तर, हाल करिब एक हजार नेपाली रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ । यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली भने हालसम्म भेटिएका छैनन् ।