लण्डनमा पत्रकारद्वय योगी र शर्मा सम्मानित

लण्डनमा पत्रकारद्वय योगी र शर्मा सम्मानित



लण्डन । बेलायतमा सकृय दुई जना पत्रकारहरु सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको अवसर पारेर पत्रकारहरु भगिरथ योगि र चिरन शर्मा सम्मानित भएका हुन् ।

शनिवार नेपाली दूतावास लण्डनमा आयोजित सम्मेलनको उद्धघाटन सत्रमा बेलायतका लागि नेपाली राजदुत लोक दर्शन रेग्मीले सम्मेलन सफल पार्न योगदान दिने व्यक्तित्वहरुलाई प्रसंशापत्रले सम्मानित गरेका थिए ।

बीबीसी नेपाली सेवाका पूर्वपत्रकार योगी विगत झन्डै तीन दशकदेखि पत्रकारित क्षेत्रमा सकृय छन् । त्यस्तै शर्मा बेलायतस्थित नेपालब्रिटेन डट कम र नागरिकन्यूजसंग आबद्ध छन् ।

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सफलतापूर्व सम्पन्न भएको छ । सम्मेलनले २८ बुँदे घोषणापत्र जारी गरेको छ । चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा हुने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले जनाए ।