एनआरएनए निर्वाचनः अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रविना थापा

एनआरएनए निर्वाचनः अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रविना थापा



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षकी प्रत्यासी रविना थापाले औपचारिक रुपमा आज उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।

उनले संघको अक्टोवर २० तारिख हुने निर्वाचनको लागि आज (२३ सेप्टेम्वर) काठमाडौंस्थित याक एण्ड यति होटलबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेकी हुन् । उनी गैरआवासीय नेपाली संघकी उपाध्यक्ष हुन् ।

थापाले नागरिकताको निरन्तरता, सम्पतिमाथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेकी छन् ।

संघको १० औं महाधिवेशनमा नेतृत्वको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन् ।