October 24, 2021 कार्तिक ०७ , २०७८

नेपालमा अल्जाइमर्सका बिरामी बढ्दै

नेपालमा अल्जाइमर्सका बिरामी बढ्दै

काठमाडौं । नेपालमा स्मरणशक्ति हराउने अर्थात् अल्जाइमर्स रोगका बिरामीहरूको सङ्ख्या बढ्न थालेको छ । सेप्टेम्बर महिनाभरी अल्जाइमर्स महिना मनाइरहँदा सरकारले अबको ३० वर्षमा नेपालमा अल्जाइमर्स रोगका बिरामीको सङ्ख्या २ लाख पुग्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सन् २०१५ मा ८० वर्षभन्दा माथिका ७५ हजारमा यो रोग देखिएकोमा पछिल्लो समय यो सङ्ख्या बढ्दै गएको हो ।

हाल देशभरका ८० वर्षभन्दा माथिका ४० प्रतिशत नागरिक अल्जामाइर्सका प्रभावित रहेका छन् । विशेषगरी उमेर बढ्दै गर्दा देखिने यो रोगबाट जोगिन बानी व्यवहारमा परिवर्तन ल्याउनुपर्ने विशेषज्ञहरुले बताएका छन् ।