प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा



काठमाडौँ । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यस कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो । अख्तियार स्रोतका अनुसार केन्द्रबाट गएको टोलीले त्यससम्बन्धी कागजात लिएको छ ।