हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मकाे बडादसैँका साइत

हेर्नुस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मकाे बडादसैँका साइत



काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नेपालीहरूको महान चाड बडादसैँको शुभसाइतबारे जानकारी गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट यस वर्षको बडादसैँको शुभसाइतहरू प्राप्त भएसँगै गृहले बिहीबार ७७ वटै जिल्ला प्रशासनलाई पठाएको हो । गृहको सर्कुलरमा जिल्लास्थित मातहतका कार्यालयलाई समेत जानकारी गराइदिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

उपसचिव भीमकान्त शर्माले पठाएको पत्रमा नौवटा शुभसाइत उल्लेख छ ।

२१ असोज, बिहीबार –नवरात्रारम्भ/घटनास्थापना, बिहान ११:४६ बजे ।
२२ असोज, शुक्रबार –झन्डा फेर्ने, बिहान ११:५६ बजे । (पश्चिम मोहडा)
२५ असोज, सोमबार –श्री पचलीभैरव यात्रा ।
२६ असोज, मंगलबार –फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे । स्थिरासन बिहान ८:४४ बजे ।
२७ असोज, बुधबार –महाअष्टमी, कालरात्रि ।
२८ असोज, बिहीबार –महानवमी ।
२९ असोज, शुक्रबार –विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे । टीका –बिहान १०:०२ बजे (पूर्व मोहडा) । श्री तुलजाभवानी यात्रा बिहान ७:०१ बजे । स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्रा ।
२ कात्तिक, मंगलबार –अखिलबलिपूर्ति ।
२ कात्तिक, मंगलबार –कोजाग्रत व्रत ।