विद्युतीय राहदानीमा थप हुने सुरक्षा विशेषता स्वीकृत

विद्युतीय राहदानीमा थप हुने सुरक्षा विशेषता स्वीकृत



काठमाडौं । सरकारले विद्युतीय राहदानीमा थप हुने सुरक्षा विशेषतालाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजाे मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरुलाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।

नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्य पदमा सहन्यायाधिवक्ता डा गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ । बैठकले ऋण असुलिकरणको कानून सदस्य पदमा उपसचिव सपष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको छ ।