अमेरिकी राजदूत र्‍याण्डी बेरीले चंगा उडाउँदै यसरी दिए दशैंको शुभकामना (तस्वीरहरु)

अमेरिकी राजदूत र्‍याण्डी बेरीले चंगा उडाउँदै यसरी दिए दशैंको शुभकामना (तस्वीरहरु)



काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दशैंको अवसरमा चंगा उडाएर रमाइलो ढंगले दशैंको शुभकामना दिएका छन्। सहकर्मी र उनीहरुका परिवारसँग चंगा उडाएर रमाइलो गरेको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमा तस्वीर सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘ दशैंको धुमधामका बिच मैले सहकर्मीहरू तथा उहाँहरूको परिवारलाई बोलाएँ र हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सबैमा दसैंको धेरै शुभकामना।’

नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार राजदूत र्‍यान्डी बेरी तथा युएसएआइडी नेपालकी मिशन निर्देशक सेपिडे केभान्साडले नेपालस्थित अमेरिकी मिशनका सहकर्मीहरू र परिवारजनसँग दसैंको शुभकामना आदानप्रदान गरेका हुन्।