अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने

अमेरिकाले नेपाललाई १ लाख डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने



काठमाडौँ । अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोप सम्भवत भोलि काठमाडौँ आइपुग्ने बताइएको छ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यो खोप १२ वर्ष भन्दा माथिको उमेर समुहलाई लगाउने सरकारको तयारी छ । खोप कार्तिक २८ गते देखि लगाइने भएको छ ।