सर्वोच्चका असन्तुष्ट १४ न्यायाधीशले मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग्ने

सर्वोच्चका असन्तुष्ट १४ न्यायाधीशले मंगलबार प्रधानन्यायाधीशको राजीनामा माग्ने



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कदमलाई लिएर असन्तुष्ट बनेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले भोली मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्ने निर्णय गरेको छ। भोलि बिहान ११ बजे प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय भएको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए।

सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरूको छुट्टै बैठक बसेको थियो । असन्तुष्ट १४ मध्ये १३ न्यायाधीश बैठकमा सहभागी थिए। स्वास्थ्य अवस्था प्रतिकूल भएर न्यायाधीश नहकुल सुवेदी बैठकमा सहभागी नभएको बताइएको छ।

प्रधानन्यायाधीश जबराले एजेन्डामा छलफल नै नगरी नेपाल बारका पदाधिकारीलाई फुलकोर्ट बैठकमा आमन्त्रण गरेपछि उनीहरू असन्तुष्ट भएका थिए।