फुटबल टिमलाई कांग्रेसको तरुण विभागकाे एक लाख नगदसहित सम्मान

फुटबल टिमलाई कांग्रेसको तरुण विभागकाे एक लाख नगदसहित सम्मान



काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले इतिहास रच्न सफल नेपाली फुटबल टिमलाई आज बुधबार सम्मान गर्दैछ । माल्दिभ्सको मालेमा हालै सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ ऐतिहासिक सफलता हासिल गरेको नेपालको राष्ट्रिय फुटबल टिमलाई
एक लाख ११ हजार नगद र सम्मान पत्रबाट सम्मान गरिन लागिएको तरुण विभागका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले जानकारी दिए ।

राष्ट्रिय शभा गृह प्रदर्शनीमार्गमा २ बजे गृहमन्त्री बालकृष्ण खाँणले फुटबल टिमलाई सम्मान गर्नेछन् ।

फाइनलमा नेपाली फुटबल टिम भारतसँग भिडेको थियो । भारतसँग नेपाली टिम पराजित भए पनि इतिहास रच्न सफल भएको छ ।

‘उत्कृष्ट प्रदर्शनका साथ नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्ने वित्तिकै तरुण विभागले राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने निर्णय गरिसकेको थियो । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि उपाधि यसपाली हाम्रो हुन सकेन । तर पहिलो पटक फाइनल पुुग्ने खुट्किलो चढेका छौं । अर्को पटक पक्कै हामी दक्षिण एसियाको च्याम्पियनबन्ने विश्वास लिएका छौं,’ तरुण विभागले विज्ञप्तिमा भनेको छ ।