हेइटीमा इन्धन अभावपछि दर्जनौं बिरामी मृत्युको जोखिममा

हेइटीमा इन्धन अभावपछि दर्जनौं बिरामी मृत्युको जोखिममा



पोर्ट अउ प्रिन्स । हेइटीमा इन्धनको चरम अभाव भएको छ । इन्धन अभावकाकारण हेइटीका प्रमुख अस्पताललगायतका अत्यावसेकीय सेवा प्रभावित भएका छन् । राजमार्गमा विभिन्न समूहले इन्धन चालकलाई अपहरण गरेर फिरौती रकम उठाउने क्रम बढेपछि इन्धन आपूर्ति प्रभावित भएको हो ।

दन्डहिनता र शान्ति सुरक्षाको अभावले देशमा अपरहण, चोरी, लुटपाट र ठगीका घटनामा बृद्धि भएका छन् । सरकारले पर्याप्त सुरक्षा दिन नसकेको भन्दै सर्वसाधरणले सडकमा ढुंगा तेर्साएर विरोध गरेपछि इन्धन आपूर्ति झन समस्या भएको हो ।

सरकारको बिरोधमा एक सातादेखि सुरु भएको प्रदर्शन मंगलबार पनि जारी छ । बारम्बारको इन्धन कटौतीका कारण बिरामीको ज्यान जोगाउन हेइटीका अधिकांश अस्पताल जेनेरेटरलगायतका साधनमा निर्भर छन् ।

इन्धनको सहज आपूर्ती नभएमा ३०० बालबालिका, ४५ महिला र १५० जना कोभिड बिरामीको ज्यान जान सक्ने युनिसेफले जनाएको छ । ‘विद्युत अवरोधकै कारण कुनै पनि बालबालिकाको मृत्यु नहोस,’ हेईटस्थित युनिसेफका प्रतिनिधि राउल डेल टोर्सीले भने ।