प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन



काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादलाई लिएर सडकमा पनि प्रदर्शन हुन थालेको छ । यसैक्रममा स्वतन्त्र नेपाली युवाले माइतीघरमा प्रदर्शन गरेको छ । स्वतन्त्र नेपाली युवाले न्यायालयमाथिको हस्तक्षेप बढेको भन्दै खबरदारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका स्वतन्त्र नेपाली युवाले ‘बारको काम जनताको पक्षमा वकालत गर्ने कि, प्रधानन्यायाधीशको राजीनामा माग्ने’, ‘हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन’, ‘अदालतभित्रको समस्या तथा बुटबन्दीको चपेटामा सर्वसाधारणको बली कहिलेसम्म चढ्ने ?’, ‘न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर’जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।