लन्डन दूतावासमा प्रधानमन्त्री देउवाको एनआरएनए प्रतिनिधिसँग भेट

लन्डन दूतावासमा प्रधानमन्त्री देउवाको एनआरएनए प्रतिनिधिसँग भेट



लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन यूकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो आह्वान गरेका हुन् ।

एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ, प्रधानमन्त्री देउवाले भने, ‘अरु के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु ।’ एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिषाका लागि झन्झट गर्नु पर्दैन, अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।

एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बद्ल्नुपर्ने हुन्छ । त्यो तत्काल सम्भवन नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

त्यसअघि एनआरएनए यूकेले प्रधानमन्त्री देउवाले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरु राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।