काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् ।
बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै उनको राजीनामा माग गर्दै वकिलहरू आन्दोलित भएका हुन् ।
प्रतिक्रिया