प्रधानन्यायाधीशसँग तीन न्यायाधीशको छलफल

प्रधानन्यायाधीशसँग तीन न्यायाधीशको छलफल



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग तीन न्यायाधीश छलफलका लागि गएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूको आइतबार बसेको बैठकले प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णयअनुसार न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा. मनोज कुमार शर्मा छलफलका लागि उनको च्यामबरमा गएका छन् ।

न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिनै पर्ने तर त्यसका लागि समय मागेमा केही समय दिन सकिने निर्णय गरेको थियो । सोही अनुसार प्रधानन्यायाधीशको धारणा बुझ्नका लागि तीन न्यायाधीश छलफलमा गएका हुन् । प्रधानन्यायाधीश सकारात्मक भए सोमबार उनी र न्यायाधीशहरूबीच औपचारिक छलफल हुनेछ ।