नेपालले प्राप्त गरेकाे ७३.४ प्रतिशत काेभिडविरूद्धकाे खाेप लगाइयाे

नेपालले प्राप्त गरेकाे ७३.४ प्रतिशत काेभिडविरूद्धकाे खाेप लगाइयाे



काठमाडौं । नेपालले खरिद गरिएका ७३.४ प्रतिशत खोप लगाइसकेको छ । कुल एक करोड ६० लाख २१६ हजार ६२६ डोज खोप दिइसकिएको छ । ८७ लाख ४७ हजार ७१२ जनाले खोपको पूर्ण डोज पाएका छन् भने ७४ लाख ६८ हजार ९१४ जनाले पहिलो खोप लगाएका छन् ।

अहिलेसम्म नेपालले खरिद गरेको र अनुदानमार्फत दुई करोड ८० लाख ९३० डोज कोभिड–१९ विरुद्धको खोप प्राप्त गरेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार खरिद गरिएका सबै खोपमध्ये ७३ दशमलव ४ प्रतिशत खोप दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ फार्मासिस्ट बडेबाबु थापाले ४६ लाख डोज केन्द्रीय र प्रदेश भण्डारण एकाइमा र बाँकी १२ लाख डोज जिल्ला तथा स्थानीय स्वास्थ्य सेवा एकाइमा मौज्दात रहेको बताए ।

उनका अनुसार कात्तिक २८ गतेदेखि मङ्सिर ८ गतेसम्म दीर्घरोगीलाई एकलाख ६२० डोज फाइजर खोप दिइनेछ। त्यसपछि चीनबाट खरिद गरिएको १६ लाख भेरोसेलको खोप पनि दिइनेछ ।