अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता सोमबार

अमेरिका र चीनका राष्ट्रपतिबीच भेटवार्ता सोमबार



अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चीन फिङबीच वार्ता हुने भएको छ । आगामी सोमबार दुवै नेताबीच पछिल्लो समय एकअर्का मुलुकबीच देखा परेको द्वन्द्व समाधानका विषयमा छलफल हुने रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति बाइडेन र सीबीच भेटवार्ता हुन लागेको पुष्टि गरेको हो । पछिल्लो सात महिना दुवै देशबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ ।

छलफलमा दुवै नेताहरुले समस्या समाधान र एक अर्काका चासोका विषयमा कुराकानी गर्ने बताइएको छ । बेलायतको ग्लास्गोमा जारी विश्व वातावरण सम्मेलमा विश्वका दुई ठूला कार्बनडाइअक्साइड उत्सर्जन् गर्ने चीन र अमेरिकाले जलवायु परिवर्तनसँग् जुध्ने प्रतिवद्धता जनाएसँगै हुन लागेको वार्तालाई महत्वका साथ हेरिएको छ ।

अमेरिका र चीनबीच हालैका दिनमा तनाव बढेको छ । अमेरिकाले हङकङ र ताइवानसँग अमेरिकाको विवादका विषयमा आफ्नो चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । गत अक्टोबरदेखि दुवै नेताबीच वार्ताको प्रयास गरिएको अधिकारीहरले जनाएका छन् ।