रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना

रक्तचाप बढेपछि प्रचण्ड अस्पताल भर्ना



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। शनिवार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ। रक्तचाप बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिवार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।