धनुषामा कर्फ्यु

धनुषामा कर्फ्यु



धनुषा । धनुषा जिल्लामा कर्फ्यु लगाइएको छ । साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी भइरहेको नारा जुलुस हुल हुज्जत रोक्न स्थानीय प्रशासनले अहिले दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो। सो क्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडपसमेत भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० देवपुरा रुपैठा भन्ने ठाउँमा पूर्व जलाद नदीको कल्री बाँध देखि पश्चिम जनकपुर जटही माग दोबाटो, उत्तर हनुमानगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिण देवपुरा निमचौक देखि बहुअर्बा जानेसम्म निषेधाज्ञा जारी गरिएको छ ।