यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन

यसरी मनाए बिल गेट्सले ६६औं जन्म दिन



न्युयोर्क । विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले फजुल खर्च गरेर आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् ।

जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि एक सातामा २० लाख डलर खर्च लाग्छ । याचमा जिम, क्लब, स्विमिङ पुललगायतको सुबिधा छ । गेट्स फजुल खर्चका कारण विवादमा तानिएका छन् । उनको जन्म दिन मनाउन ठूलो रकम खर्चेर सहभागी भएका अर्बपति जेफ बेजोसको पनि आलोचना भएको छ । गेट्को जन्म दिन मनाउन बेजोस शुक्रबार हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।

टर्कीको तटमा रहेको बोर्डुममा आयोजित पार्टीमा जम्मा ५० अतिथिलाई बोलाइएको थियो । पार्टीमा गेट्सका केही आफ्न्त र अधिकांश धनाढ्य सहभागी थिए । पार्टी चार घन्टासम्म चलेको थियो । पार्टीमा स्याम्पेन, सुसी, पिजा र स्थानीय सीफुड वितरण गरिएको थियो ।

जन्म दिन मनाइरहेको स्थानमा त्यहाँ काम गर्ने व्यक्तिलाई फोन प्रयोग गर्न रोक लगाइएको थियो । सहभागीको गोपनियतालाई मनन गर्दै मोवाईल प्रयोगमा रोक लगाइएको थियो । जलवायु परिवर्तनबारे बेलायतको ग्लास्गो सहरमा विश्व सम्मेलन भइरहेका बेला गेट्सको महंगो पार्टी विवादमा तानिएको छ । कार्बन उत्सर्जन कटौती गर्न बेजोस र गेट्सले विश्वव्यापी अभियान नै चलाएका छन् । गेट्स र बेजोस सवार याच र हेलिकोप्टरले ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन गरेको छ । पार्टी सकिएपछि बेजोस फेरि हेलिकप्टरमै भएर फर्किएका थिए ।