मेरो भ्वाइस कप यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को घोषणा

मेरो भ्वाइस कप यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को घोषणा



काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’ को घोषणा गरिएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त दुई रियालिटी शोको घोषणा गरिएको आयोजक संस्था इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । उनका अनुसार जनवरीबाट शो सुरू गर्ने तयारी भइरहेको छ ।

मेरो भ्वाइस कप अमेरिका यूएसए–२ को जजका लागि प्रस्तावित जजमा गायक प्रमाेद खरेल छन् । मेरो डान्स कप यूएसए–४’ को जजमा नायक दिलीप रायमाझी, शंकर विसी, नरमान राई र नायिका केकी अधिकारी छन् ।

नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएका अधिकारीले उक्त रियालिटी शोमार्फत अमेरिकार र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउने प्रयास गरेको बताए ।

समाजसेवामा सक्रिय रहँदै आएको उक्त आयोजक संस्थाले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता स्वरुप उपलब्ध गरउँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

शरणार्थी शिविरमा गएर आर्थिकदेखि लत्ताकपडा, खाद्यान्न उपलब्ध गराउँदै आएको सो संस्थाले नेपालको मौलिक संस्कृति, भाषा, कला संगीतको प्रवर्द्धनमा पनि क्रियाशील रहँदै आएको उनले बताए ।