काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ वर्षभन्दा माथि उमेर समूहका लागि फाइजर खोप लगाउन थालिएको ६ दिन भइसकेको छ । गत आइतबारबाट फाइजर खोप लगाउन थालिएको हो ।
बिहीबार स्वास्थ्य मन्त्री विरोध खतिवडा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, नेपालका लागि अेमरिकी राजदूत ¥यान्डी बेरीसहितको अमेरिकी टोली लिएर शिक्षण अस्पातल पुगेका छन् । अमेरिकी टोलीले खोप केन्द्रको अवलोकन गरेको छ ।
गत आइतबारबाट नेपालमा पहिलो पटक बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन थालेका हुन् । आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप दिन थालिएको हो । यो अभियान ४ मंसिरसम्म जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया