म्यानचेष्टर सिटी र टोटेनहमको जित

म्यानचेष्टर सिटी र टोटेनहमको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेकाे हाे भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो ।

घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता बनाए । ५५ मिनेटमा रोड्रीले बक्स बाहिरबाट दोहोरो अग्रता बनाए । ८६ मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै सिटीले लिभरपुललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएकाे छ । घरेलु मैदानमा टोटेनहमले लिड्सलाई २–१ ले हराएकाे छ । टोटेनहमले पुनरामगन जित निकालेको हो । लिड्सका ड्यानिएल जेम्सले ४४ मिनेटमा अग्रता बनाए ।

५८औँ मिनेटमा पिएर एमिलीले गोल गरे । यस्तै सर्जियो रेगुइलोनले खेलको ६९ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले प्रिमियर लिगमा जितबाट आफ्नो यात्रा सुरु गरेका छन् ।

प्रिमियर लिगमा १२औँ चरणका खेल सकिँदा २९ अंक जोडेर चेल्सी शीर्ष स्थानमा छ । २६ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लियो । लिभरपुल २५ अंकसहित तेस्रो स्थानमा छ । टोटेनहम भने १९ अंक बनाएर सातौँ स्थानमा छ ।